लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ : रामचन्द्र पौडेल

लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ : रामचन्द्र पौडेल


काठमाडौं : नेपाली कांग्रेस पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले ललिता निवास जग्गा हिनामिना प्रकरणमा दर्ता गरेको मुद्दाले संशय उब्जाएको बताएका छन् ।

आफ्नो पार्टीका उपसभापति समेत रहेका पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायत १७५ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि पौडेलले यस्तो प्रतिक्रया जनाएका हुन ।

‘अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा दायर गरेको मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको छ’ पौडेलले समाजिक सञ्जालमा ट्विट गरेका छन्, ‘लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाई कतै पुरा हुने त होइन ?’

काँग्रेसका अर्का नेता अर्जुननरसिंह केसीले पनि अदुअआले दायर गरेको मुद्दामा गम्भिर त्रुटि, आशंका र पूर्वाग्रह देखिएको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘राजनीति आग्रहबाट कसैलाई फसाउने र कसैलाई बचाउने बदयित देखिँदा भ्रष्टाचार नियन्त्रण होइन प्रतिशोध मात्र देखिन्छ र यसबाट संवैधानिक संस्थाहरूको विश्वास गुम्नेछ ।’