चीनबाट उद्धार गरिनेलाई भक्तपुरमा नराख्न कांग्रेस क्षेत्रीय कार्यसमितिको चेतावनी

चीनबाट उद्धार गरिनेलाई भक्तपुरमा नराख्न कांग्रेस क्षेत्रीय कार्यसमितिको चेतावनी

काठमाडौँ : चीनको वुहानबाट उद्धार गरी ल्याइने नेपालीहरुलाई भक्तपुरको कुनै पनि स्थानमा राख्न नदिने नेपाली कांग्रेसको भक्तपुर इकाईले चेतावनी दिएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर १, भक्तपुर क्षेत्रीय कार्यसमितिले बैठक नै राखेर नोवल कोरोना भाइरसको केन्द्रबाट उद्धार गरी ल्याइएका नेपालीलाई बोडेस्थित कृषि तालिम केन्द्र वा खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा नराख्न चेतावनी दिएको छ।

आवश्यक तयारी नगरी र सो भाइरस सरुवा भएकोले यसको रोकथामको राम्रो प्रबन्ध नगरी नराख्न सम्बन्धित पक्षलाई चेतावनी दिन चाहन्छौं,ु बैठकको निर्णयमा उल्लेख गरीएको छ। सो बैठकमा वाग्मती प्रदेशसभाका नेपाली कांग्रेसका उपनेता कृष्णलाल भडेलको समेत उपस्थिति रहेको थियो। उक्त बैठक पछि स्थानीयहरुले केही बेर खरिपाटी चाँगुनारायण नगरपालिकामा कालो झण्डासहित विरोध प्रदर्शन समेत गरेका थिए।