निजगढमा ४३ जना सवार बस पुलबाट खस्यो

निजगढमा ४३ जना सवार बस पुलबाट खस्यो

काठमाडौँ । बारामा गएराति बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ४२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 

गएराति साढे १२ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने निजगढ नगरपालिका- ८ स्थित उनासी पुलबाट बस तल खसेर दुर्घटना भएको बाराका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए। 

‘दुर्घटनामा दाङको गडवा गाउँपालिका(५ घर भएका करिब ४५ वर्षीय चेतन राय यादवको मृत्यु भएको छ,’ सापकोटाले भने, ‘यादवको उपचारको क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा आज बिहान मृत्यु भएको हो।’ विराटनगरबाट दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भएर पुलबाट तल खसेको उनले बताए।  

घाइते ४२ जनामध्ये ७ जनाको अवस्था गम्भीर छ। ‘गम्भीर घाइते सात जनाको अहिले बयोधा अस्पतालमा उपचार भइरहेको छ,’ डीएसपी सापकोटाले भने, ‘सामान्य घाइते ३६ जनाको निजगढकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ।’ अगाडिपट्टीको पट्दा भाचिँदा बस अनियन्त्रित भएर पुलबाट तल खसेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको उनले बताए।