महँगो पारिश्रमिक लिने बलिउडका पाँच अभिनेत्री

महँगो पारिश्रमिक लिने बलिउडका पाँच अभिनेत्री

मुम्बई । चलचित्र तथा कलाकारहरुको अबस्थाको मूल्याँकन गर्ने साईट ‘आईएमडिबी’ २०२४ अगष्टसम्मको बलिउडका अभिनेत्रीहरुको पारिश्रमिक अबस्था सार्वजनिक गरेको छ । आईएमडिबीले सार्वजनिक गरेको विवरण अनुसार बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा दीपिका पादुकोण पहिलो नम्बरमा छिन् । उनी सहित उत्कृष्ट पारिश्रमिक लिने पाँच अभिनेत्रीको ’boutमा हामीले यहाँ जानकारी दिँदैछौं ।

१. दीपिका पादुकोण

सन २००७ मा चलचित्र ओम शान्ति ओमबाट बलिउडमा अभिनेत्रीको रुपमा आएकी दीपिका पादुकोण, ६ जनवरी १९८६मा कोपनहेगन, डेनमार्कमा जन्मेकी हुन् । मोडलिङबाट अभिनेत्रीको रुपमा बलिउडमा प्रवेश गरेकी उनी अहिले पनि त्यत्तिकै सक्रिय छिन् । यसै साता छोरीको आमा बनेकी दीपिकाको नयाँ चलचित्र सिंघम एगेन रिलिजको तयारीमा रहेको छ । अभिनेत्री दीपिकाले पछिल्लो चलचित्र कल्की २८९८ एडीमा ३० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएको निर्माण पक्षले जनाएको छ । बलिउडका अभिनेत्रीहरु मध्य अहिलेसम्म सबैभन्दा महँगो पारिश्रमिक नै यही हो । यस अघि सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीको सुचीमा कँकना थिईन् । कल्कीबाट कँगनालाई दीपिकाले उछिनेकी हुन् ।

२. कंगना रनौत

अभिनेत्री कंगना रनौत बलिउडमा यतिबेला दोश्रो नम्बरमा छिन् । उनी अभिनेत्रीसँग निर्माता र भारतीय साँसद पनि हुन् । २३ मार्च १९८७ मा हिमाचल प्रदेशको मण्डी जिल्लामा जन्मिएक उनले सन २००६ मा चलचित्र ग्याङस्टारबाट बलिउडमा डेब्यु गरेकी थिईन् । उनी चलचित्र क्विनबाट चम्किएकी हुन् । उनी अभिनयबाट राष्ट्रिय पुरस्कार बिजेता अभिनेत्री पनि हुन् । यतिबेला अभिनेत्री कंगनाको नयाँ चलचित्र इमर्जेन्सी रिलिजको तयारीमा छ । भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गाँधीको राजनीतिक जीवनको उतारचढावमा यो चलचित्र केन्द्रित छ । यो चलचित्रमा उनले अभिनयबापत २७ करोड रुपैयाँ पारिश्रमिक लिएको बताईएको छ । अभिनेत्री कंगना १५ देखि २७ करोडसम्म पारिश्रमिक एउटा चलचित्रबाट लिन्छिन् । उनी बलिउडमा सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा दोश्रो स्थानमा छिन् ।

३. प्रियंका चोपडा जोनास

अभिनेत्री प्रियँका चोपडाले चलचित्र द हिरोबाट सन २००२मा बलिउडमा डेब्यु गरेकी हुन् । १८ जुलाई २०८२ मा जमशेदपुर, भारतमा जन्मेकी प्रियँका दुई दशक भन्दा लामो समयदेखि बलिउड फिल्ममा कार्यरत छन् । पछिल्लो समय नयाँ चलचित्र पाणीमा व्यस्त छिन् । सन २०२४ मा पाणी र टाईगर गरी यी अभिनेत्रीले दुई वटा चलचित्रमा शिर्ष भूमिका निर्वाह गरेकी छिन् । उनी महँगो पारिश्रमिक लिने बलिउड अभिनेत्रीको सूचीमा तेश्रो नम्बरमा छिन् । पछिल्लो समय प्रियँकाले एउटा चलचित्रबाट २५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी छिन् । उनले १५ करोड देखि २५ करोड रुपैयाँसम्म पारिश्रमिक एउटा चलचित्रबाट लिने गरेकी छिन् ।

४. कट्रिना कैफ

यस्तै बलिउडकी अर्की अभिनेत्री कट्रिना कैफ पनि राम्रो पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा चौथो नम्बरमा परेकी छिन् । सन २००३ मा निर्माण भएको चलचित्र बुमबाट उनले अभिनेत्रीको रुपमा बलिउडमा डेब्यु गरेकी थिईन् । उनी बेलायतमा जन्मिएकी हुन् । त्यसपछिबाट उनले कैयौं हिट चलचित्र दिईसकेकी छिन् । यी अभिनेत्रीको यो वर्ष मेरी क्रिसमस चलचित्र रिलिज भयो भने यतीबेला उनी अरु दुई चलचित्रको छायाँकनमा छिन् । यी अभिनेत्रीले पनि एउटा फिल्मबाट न्युनतम १५ करोड रुपैयाँ र अधिकतम २५ करोड रुपैयाँ लिने गरेको रिपोर्टमा उल्लेख छ । चलचित्रको सँख्याको हिसाबले प्रियँका भन्दा पछाडी भएकाले उनी चौथो नम्बरमा परेकी हुन् ।

५. आलिया भट्ट

बलिउड अभिनेत्री आलिया भट्ट पछिल्लो पुस्ताकी लोकप्रिय नायिका हुन् । रणबीर कपुरसँग विवाह गरेर पछिल्लो समय घरजाममा व्यस्त भए पनि उनी बलिउडमा महँगो पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा पाँचौ स्थानमा छिन् । १५ मार्च १९९३मा मुम्बईमा जन्मीएकी अभिनत्री आलियाले सन २०१२ मा करण जौहरको चलचित्र स्टुडेन्ट अफ द ईयरबाट बलिउडमा नायिकाको रुपमा डेब्यु गरेकी हुन् । त्यसपछि उनको अर्को चलचित्र हाई वे पनि हिट भएपछि आलियाले थुप्रै सफल चलचित्र बलिउडलाई दिईसकेकी छिन् । एक समय बलिउडकी सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूची उनी पहिलो नम्बरमा थिईन् । पछिल्लो पटक एउटा चलचित्रमा २० करोड रुपैयाँ पारिश्रमिक अभिनेत्री आलियाले लिएकी थिईन् । चाँडै चलचित्रमा फर्कने तयारीमा रहेकी आलियमा १० करोड देखि २० करोड रुपैयाँसम्म पारिश्रमिक एउटा चलचित्रबाट लिने अभिनेत्री हुन् । बलिडका महँगो पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा यतिबेला आलिया भट्ट पाँचौ स्था नमा छिन् ।