मिस युनिभर्स नेपाल- २०२४ को ताज सार्वजनिक

मिस युनिभर्स नेपाल- २०२४ को ताज सार्वजनिक

काठमाडौं। विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको नेपाली संस्करण मिस युनिभर्स नेपालको यो वर्षको ताज सार्वजनिकगरिएको छ । “स्टार अफ द युनिभर्स”नामदिइएको उक्त ताज मिस युनिभर्स २०२३ सेनिस पलासियोसले सार्वजनिक गरेकी हुन् ।

२४५ ग्राम ह्वाइट गोल्ड र बहुमूल्यहिराप्रयोग गरेर बनाइएको क्राउनशनिबार साँझ एक समारोहकाबीच सार्वजनिकगरिएको हो ।क्राउनको मूल्यअहिले बजार मूल्यअनुसार २५ हजार अमेरिकी डलर पर्ने आयोजकले जानकारी दिएका छन् ।ताजको डिजाइन अस्मीज्वेलर्स ग्लोबलले गरेको हो ।

क्राउन सार्वजनिक गर्दै मिस युनिभर्स सेनिसले भनिन्,“यो ताज केवलताजमात्रनभएर कडा परिश्रमको प्रतिफलहो, र विश्व स्टेजमा नेपालको प्रतिनिधित्व गर्ने सपना र जिम्मेवारीपनिहो ।”

“स्टार अफ द युनिभर्स” नामदिइएको यस ताजको डिजाइन रातको आकाशमा देखिने तारामन्डलको सौन्दर्यबाट प्रेरित छ। प्रिमियम व्हाइट गोल्डबाट बनाइएको यो ताजमाबहुमुल्यहीरा र ताराहरूको चमकझल्काउने अन्य रत्नहरूले सजिएको छ। डिजाइनमा मार्गदर्शन र प्रतिभाको प्रतीकको रुपमातारा मन्डलहरु राखिएको डिजाइनर अस्मीज्वेलर्स ग्लोबलले जनाएको छ।

यी तारामन्डलले विजेतालाई तारामन्डल जस्तै उज्ज्वल, प्रेरणादायक, र कालातीत हुन प्रेरणा प्रदान गर्ने मात्र नभइ मिस युनिभर्सको साइनिङ स्पिरिटलाई पनि प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ ।

मिस युनिभर्स नेपालको ग्रान्ड फिनाले भदौ २२ गते शनिबार हायात होटलमा हुँदैछ । उपाधिका लागि २२ जना फाइनलिस्ट भिड्ने तयारीमा रहेको आयोजकग्लोबल ग्ल्यामर भेन्चरले जानकारी दिएको छ।

ताजसार्वजनिक गर्नु अगाडि २२ प्रतियोगीहरूकोप्रिलिमिनरी राउन्ड सम्पन्नभएको थियो जसमा इशानी श्रेष्ठ, सोफिया भुजेल, सवि पुरी, अलेक्ज्याण्डर गोन्जालेज र विदुषी राणाले जजको भूमिका निर्वाह गरेका थिए। यी २२ प्रतियोगीहरुको भोटिङ राउन्ड खल्तीमार्फत शुरु भईसकेको छ ।