अच्युतराम भण्डारी संगीत प्रतिष्ठानकाे आयोजनामा शास्त्रीय संगीत प्रस्तुत

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानकाे आयोजनामा  शास्त्रीय संगीत प्रस्तुत

काठमाडाैं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानले प्रत्येक महिनाको १५ गते शास्त्रीय संगीत प्रस्तुत गर्दै आएकाे छ। नेपालमा शास्त्रीय संगीतकाे प्रबर्द्धन गर्ने उद्देश्यले ललितकला क्याम्पसका प्राध्यापक बलिष्ठ तबला बाधक अच्युतराम भण्डारीको अगुवाईमा २०७९ सालमा संगीत प्रतिष्ठान स्थापना भएको हो।

उक्त प्रतिष्ठानले तबला, हार्मोनिय, बाँसुरी, गितार, भायोलिन, सितारलगायत बिभिन्न बिधामा प्रशिक्षण प्रदान गर्दै आएकाे छ। सक्नेबाट पैसा लिएर नसक्नेलाई सित्तैमा प्रशिक्षण प्रदान गर्ने संस्थाले दूरदराजबाट आएका प्रशिक्षार्थीलाई सित्तैमा आवासीय सुबिधासहित प्रशिक्षण प्रदान गरेको छ।

कतैबाट आर्थिक सहयोग नलिएको प्रतिष्ठानमा स्वयं गुरु अच्युतराम भण्डारी र उनकी सुपुत्री सिता भण्डारी अहोरात्र खटिएका छन्। प्रतिष्ठान २०७९ मा स्थापना भएपनि उनीहरुले सिकाउने काम धेरै बर्ष अगाडिबाट गर्दै आएका हुन्।

अन्य शिक्षासँगै संगीत कला सिकेका उनका चेलाहरु बिभिन्न देशमा प्रस्तुति दिइ रहेका छन्। अहिले उक्त प्रतिष्ठान बिभिन्न बिधामा करिब १५० जना साधनरत छन्।

एसईई तयारीमा रहेका बाँसुरीका प्रशिक्षार्थी ऋत्विज थपलिया सिकेर गएपछि पढ्न जाँगर आउने,स्फूर्ति बढाउने, स्मरण शक्ति बढ्ने अनि शिक्षक,घरपरिवारले पनि सम्मानका साथ हेर्ने भएकोले खुशी ब्यक्त गर्छन्। बिभिन्न कार्यक्रममा भाग लिँदा त्यही अनुसारको संगत बढेकोले धेरै कुरा सिक्ने मौका पाएको बताउँछन्।

शनिबार १५ भदौमा स्वर्गिय जयन्द्रपुरुष ढकालको नाममा स्थापित उत्कृष्ट तबला बादक प्रशिक्षार्थी मौसम थपलियाद्वारा तीन ताल तबेला एकल प्रस्तुति दिएका थिए। सेन्टजेभियर्स कलेज माइतीघरमा ११ मा अध्ययनरत १७ बर्षीय थपलिया संगीतमा लागेपछि पढाईमा अझ अब्बल भएको महसुस गर्छन्।

उक्त अबसरमा प्रसिद्ध शास्त्रीय गायिका जेनिशा पौडेलले उत्कृष्ट गायन प्रस्तुत गरेकी थिइन्। गायिका पाैडेललाई हार्मोनियममा कुन्दन पाठक, तबेलामा प्रसिद्ध तबला बादक मिलेस तुलाधर,  तानपुर बजाउँदै पार्श्व सगीत गाउँदै सलिना बिकले साथ दिएका थिए।

समाजका लब्ध प्रतिष्ठित ब्यक्तिको उपस्थितिमा भएको उक्त कार्यक्रममा पशुपति बिकास कोषका कार्यकारिणी अधिकृत जोशीले मन्तब्य राख्दै कलाकारहरुलाई सम्मान गरेका थिए।