‘मिस भिवा’ का १६ जना प्रतिस्पर्धी सार्वजनिक

‘मिस भिवा’ का १६ जना प्रतिस्पर्धी सार्वजनिक

काठमाडौं। थाइल्याण्डको फ्रेञ्चाइज ‘मिस भिवा’ का १६ जना प्रतिस्पर्धी सार्वजनिक गरिएको छ। बुधबार एक समारोहबीच उमंग क्रियशनले प्रतिस्पर्धीसहित (ताज) क्राउन सार्वजनिक गरेको हो।

‘मिस भिवा’ संस्कृत शब्द रहेकाले यसको नेपाली अर्थ ब्रेभ, बोर्ड, ब्युटीको रहेको उमंग क्रियशनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले जानकारी गराए। मिस भिवाका विजेताले मिस ग्रान्ड नेपालमा सहभागिता जनाउन पाउने उनले बताए।

प्रतियोगितामा जम्मा १६ जना प्रतिस्पर्धी सहभागी छन्। जसमा मिमोशा राई, अस्मिता शाह, डा.काजल ठाकुर, आकृति कुँवर, प्रेक्षा जोशी, विना महर्जन, प्रेमा लामगाढे, ज्योति खड्क, रिंसा शाक्य, कृशला गुरुङ, प्रिया महर्जन, श्रीया मानन्धर, शिशेका सुब्बा, सञ्जु केसी, सुधिरा यादव र जेनिता सेञ्चुरी सहभागी छन्। प्रशान्त ताम्राकारको कोरियोग्राफीमा प्रतिस्पर्धीलाई सार्वजनिक गरिएको थियो।

प्रबन्धक अधिकारीले इन्टरनेशनल फ्रेञ्चाइजसहित पहिलो चरणमा अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट २० मा पुर्‍याइसकेको र अब मिस भिवालाई अन्तर्राष्ट्रिय प्याजेन्टका रूपमा नेपालमै गर्ने लक्ष्यका साथ अगाडि बढाइएको बताए। विजेताले मिस ग्राण्ड इन्टरनेशनलमा प्रतिनिधित्व गर्ने छन्।