काठमाडौं। सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसीलाई नियुक्त गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
बोर्ड अध्यक्षका लागि सिफारिस गरिएकामध्ये डिसीलाई नियुक्त गरिएको हो। सिफारिस सूचीमा डिसीसँगै दीपा पाण्डे र राजेश थापा थिए। इलाममा जन्मिएका डिसीसँग रेडियो, टेलिभिजन कार्यक्रम प्रस्तोताका साथै चलचित्र निर्देशनको अनुभव छ।उनी चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष हुन्।