काठमाडौं । सरकारले निर्माण पूरा गर्न बाँकी रहेको धरहरा सर्वसाधारणका लागि खुलाउने तयारी गरेको छ। बुधबार पत्रकारहरूसँग छलफलका क्रममा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले काम नसकिए पनि आवश्यक बन्दोबस्त मिलाएर धरहरा खुलाइने तयारी थालिएको बताए ।
अबको केही दिनमै धरहरा अवलकोनका लागि सर्वसाधारणलाई खुलाइने उनले जानकारी दिए । ‘धरहराको पूरै क्षेत्र होइन, केही भाग घुम्ने गरी खुलाउँदैछौँ । धरहरा चढ्न चाहनेहरूका लागि खुलाउने तयारीमा लागिरहेका छौँ,’ मन्त्री सिंहले भने ।
२०७२ वैशाख २१ गतेको भूकम्पबाट तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको पालामा बनेको धरहरा ढलेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्रि केपी शर्मा ओलीका पालामा ढलेको धरहरासँगै त्यसकै अर्को प्रतिस्वरुप बनाइएको छ ।
उक्त नयाँ धरहराको २०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । तर उक्त धरहराको पूरा क्षेत्र पुनर्निर्माण अधुरै रहेका बेला उद्घाटन गरिएपछि आलोचना भएको थियो ।
ओलीले उद्घाटन गरेको तीन वर्षपछि उनी सत्तामा फर्किँदा पनि धरहरा पुनर्निर्माण सकिएको छैन ।अब फेरि पुनर्निर्माण अधुरै रहेका बेला खुलाउने तयारीमा सरकार लागेको हो ।