बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

फिदिम । बालिका बलात्कार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन्।  फिदिम नगरपालिका- १२ स्थित सिद्धदेवी माध्यमिक विद्यालय पिपलबोटेका शिक्षक राजकुमार नेम्बाङ पक्राउ परेका हुन् ।

पीडित बालिकाका परिवारले दिएको उजुरीका आधारमा फिदिम १३ का  नेम्बाङलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेस तामाङले जानकारी दिए।

नेम्बङमाथि १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार फिदिम बजारको सुन्तली चोकमा एक घरमा पीडित बालिका उनका अभिभावकसहित बस्दै आएकी थिइन् । सोही घरमा नेम्बाङले आइतबार राति बालिकालाई बलात्कार गरेको उजुरीमा उल्लेख छ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।