सहकारी ठगी प्रकरणः रवि लामिछानेसँग सोधपुछ गर्ने समितिको तयारी

सहकारी ठगी प्रकरणः रवि लामिछानेसँग सोधपुछ गर्ने समितिको तयारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सोधपुछ गर्ने भएको छ।

समितिले आगामी भदौ ७ गते लामिछानेसँग सोधपुछ गर्ने तयारी गरेको बताइएको छ ।

रास्वपाका सभापति एवं पूर्व उपप्रधानमन्त्री लामिछानेमाथि गोर्खा मिडियामा रहँदा पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी र चितवनको सहारा सहकारीबाट रकम अपचलन गरेको आरोप छ।