काठमाडौं । साफ यू-२० च्याम्पियसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलको पहिलो हाफमा घरेलु टोली नेपालले अग्रता बनाएको छ।
खेलको २४ औँ मिनेटमा निराजन धामीले गोल गर्दै सुरुवाती अग्रता बनाएका हुन्।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा जारी खेलको पहिलो हाफमा श्रीलंकाविरुद्ध नेपाल १–० ले अघि छ।