फ्रेन्च लिग वानमा पिएसजीको विजयी शुरुवात

फ्रेन्च लिग वानमा पिएसजीको विजयी शुरुवात

काठमाडौं। फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले विजयी शुरुवात गरेको छ। गएराति सम्पन्न यस सिजनको फ्रेन्च लिगको पहिलो खेलमा पिएसजीले ले हार्भेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।

पिएसजीको जितमा ली कांग इन, ओसुमान डेम्बेले, ब्राडली बार्कोला र रांडल कोलो मुआनीले एक एक गोल गरेका थिए। त्यस्तै ले हार्भेका लागि एक गोल गाउटियर लिओरिसले गरेका थिए।  

यो जित पछि पिएसजीले महत्वपूर्ण ३ अंक जोडेर सिजनको शुरुवात गरेको छ।