साँपले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

साँपले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

घोराही । साँपले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ । एकजनाको अवस्था गम्भीर छ । 

गएराति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको हो । उनकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले  बताए ।  

साँपले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको हो । गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।