उपचार अभावमा सहकारी पीडितको मृत्यु, शव बोकेर विरोध प्रदर्शन

उपचार अभावमा सहकारी पीडितको मृत्यु, शव बोकेर विरोध प्रदर्शन

काठमाडौँ । सहकारी पीडितहरूले शवको बाकस बोकेर राजधानीमा प्रदर्शन गरेका छन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको आयोजनामा सहकारीमा सहकारी पीडित मृतकको फोटो टाँसेर बाकससहित प्रदर्शनकारी सडकमा निस्किएका हुन्। 

वीर अस्पतालमा मृत्यु भएका राजेन्द्र स्थापितको फोटो टाँसेर उनीहरूले प्रदर्शन गरेका हुन्। स्थापितको सहकारीमा जम्मा गरेको पैसा नपाएकै कारण मृत्यु भएको प्रदर्शनकारीहरूले बताएका छन्। 

स्थापितको मृत्युलाई हत्या भएको भन्दै उनीहरूले भनेका छन्, ‘निमुखा पीडितलाई औषधि उपचार पनि गर्न नपाई मर्नु पर्नेरु सहकारी पिडिताई एक एक गरि मर्दै जानेछन्।’