काँडाघारीमा हेलिकप्टर दुर्घटना, हेर्नुहोस् नेपाल प्रहरीले खिचेका तस्बिरहरु

काँडाघारीमा हेलिकप्टर दुर्घटना, हेर्नुहोस् नेपाल प्रहरीले खिचेका तस्बिरहरु

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुनेवित्तिकै आगलागी भएको देखिएको छ ।

घटनास्थलमा पुगेको नेपाल प्रहरीको टोलीले खिचेको तस्वीरमा देखिएअनुसार, दुर्घटनामा एयरडाइनस्ट्रीको हेलिकप्टर टुक्राटुक्रा भएको छ ।

प्रहरीले घटनास्थलबाट ५ जनाको शव निकालेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले बताएका छन् ।

उनका अनुसार, मृत्यु हुनेमध्ये ४ जना चिनियाँ नागरिक छन् । एक जना पाइलट नेपाली नागरिक थिए । उनीहरु काठमाडौंबाट रसुवाको स्याफ्रुवेशीका लागि उडेका थिए ।