चार चिनियाँ बोकेर रसुवातर्फ उडेका थिए पाइलट अरुण मल्ल

चार चिनियाँ बोकेर रसुवातर्फ उडेका थिए पाइलट अरुण मल्ल

काठमाडौं । एयर डाइनेस्टीका पाइलट अरुण मल्ल बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा चारजना चिनियाँ पर्यटक बोकेर त्रिभुवन विमानस्थलबाट रसुवाका लागि उडेका थिए ।

त्रिभुवन विमानस्थलबाट उडेको तीन मिनेटमै मल्लले चलाएको रसुवाबाट काठमाण्डौ आइरहेको एअर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो ।


नागरिक उड्ययन प्राधिकरण उपमहानिर्देशक हंसराज पाण्डेका अनुसार एयर डाइनेस्टीको नाइन एन एजेडी कलसाइन हेलिकप्टर रसुवातर्फ जाने क्रममा दुर्घटनाग्रस्त भएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् डीएसपी तिलक भारतीले दुर्घटनास्थलमा जलेको अवस्थामा पाइलटसहित पाँचजनाको शव भेटिएको पुष्टि गरे ।

डीएसपी भारतीकाअनुसार हेलिकप्टरमा सवारमध्ये दुईजना पुरुष र दुईजना महिलाको शव भेटिएको छ । पाइलटको पनि शव घटनास्थलमा भेटिएको छ । एउटा शव चाहिँ धेरै जलेकाले पहिचानमा कठिनाइ भएको उनले बताए ।

को को थिए ?

क्याप्टेन–अरुण मल्ल

चिनियाँ पर्यटकहरू

१. जुदाड टाङ (पुरुष)
२. जिली (पुरुष)
३. जेमिङ सी (पुरुष)
४. यियाद वु (महिला)