नुवाकोट हेलिकप्टर दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो, को–को थिए यात्रु ?

नुवाकोट हेलिकप्टर दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो, को–को थिए यात्रु ?

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा भएको हेलिकप्टर दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ। 

काठमाडौंबाट रसुवातर्फ उडेको एयर डाइनेस्टीको विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो। शिवपुरी गाउँपालिका–७ का वडाअध्यक्ष बीर बहादुर तामाङले ५ जनाको शव भेटिएको पुष्टि गरे। 

वडाअध्यक्ष तामाङ अहिले घटनास्थलमै छन्।  सेनाको हेलिकप्टर केही समयअघि घटनास्थल पुगेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको हो ।  

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) सो हेलिकोप्टरमा सबार थिए ।