प्रतिनिधिसभा बैठक आज बस्दै


काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठकमा राष्ट्रियसभाबाट पारित भएका विधेयकको सन्देश जानकारी गराउनुका साथै संवैधानिक आयोगका बार्षिक प्रतिवेदनहरु पेश हुनेछन्।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संसोधन) विधेयक २०७५का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी बैठकमा गराउने कार्यसूची रहेको छ। त्यस्तै नेपाल इन्जिनियरिङ परिषद (पहिलो संसोधन) विधेयक २०७६ र संघ, प्रदेश र स्थानीय तह । अन्तरसम्बन्ध व्यवस्थापन विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने संभावित कार्यसूची रहेको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संवैधानिक आयोगका प्रतिवेदनहरु पेश हुनेछन् । न्याय परिषद र न्याय सेवा आयोग, लोक सेवा आयोग, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी, थारु र मुस्लिम आयोगका वार्षिक प्रतिवेदन पेश हुने संसद सचिवालयले जनाएको छ।

बैठकले प्रतिनिधिसभाका पूर्व सदस्य गम्भीरजंग कार्कीको निधनमा शोकप्रस्ताव पनि पारित गर्नेछ। २०४८ सालमा कांग्रेसका तर्फबाट पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित कार्कीको ७४ वर्षको उमेरमा गत माघ ११ गते निधन भएको थि