एमसीसीको कुनै प्वाइन्टमा आईपीएस छैन : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ : सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले एमसीसी सम्झौतामा सैन्य शब्द नभएको प्रष्टिकरण दिएका छन् । नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसीको कुनै प्वाइन्टमा आईपीएस नभएको भन्दै छ भने देखाउन चुनौती दिए ।

उनले भने, सैन्य शब्द छ भने देखाउनुपर्‍यो, नत्र स्याल जस्तो कराउनुपर्दैन। उनले मुलुकको मुख्य परराष्ट्र नीति असंलग्न परारष्ट्र नीति अवलम्बन गरेको उल्लेख गर्दै राष्ट्रिय मुद्दामा ध्यान दिनुपर्ने बताए। उनले एमसीसी र बीआरआई सम्बन्धित मुलुकले हितको कुरा भएको बताउँदै उनले आफूहरु व्याख्यता नरहेको बताए। आईपीएस बारे आफूहरुलाई थाहा नभएको पनि उनले बताए।

उनले भने, हामी कसैको सैन्यगठबन्धनमा सामेल हुँदैनौं । सरकार राष्ट्रिय हित र स्वार्थमा केन्द्रित छ। हामी हाम्रो स्वार्थको व्याख्यता हो । उनले शित युद्धमा पनि नेपालले अमेरिका,रुस,चीन र भारतबाट लिएको कुरा स्मरण गराए। एमसीसी ऊर्जाका निम्ति क्षमता विस्तार र सडक बनाउनेमा केन्द्रीत रहेको बताए।

उनले भने, हाम्रोमा विद्युत उत्पादन अब धेरै हुन्छ। बजार चाहिन्छ। भारतसँग विद्युत बजार विस्तारका लागि भारतसँग स्वीकृत लिएका छौँ। ताप्लेजुङमा उत्पादन भएको विद्युत राष्ट्रिय प्रशारणमा जोड्न नसकेको आयोजनाको राष्ट्रिय प्रशारणमा पनि जोड्न नसकेको गुणासो गरेका छन् ।