ढुंगानाको अध्यक्षतामा (नेविसंघ)को तदर्थ समिति गठन

ढुंगानाको अध्यक्षतामा (नेविसंघ)को तदर्थ समिति गठन


काठमाडौं : राजिव ढुंगानाको अध्यक्षतामा नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समिति गठन भएको छ। नेपाली कांग्रेस केन्द्रीय समितिको २०७५ फागुन १ गतेको निर्णय अनुसार बिहिवार तदर्थ समिति गठन भएको हो।

मनोज बैद्य र महेश्वरी कुँवरलाई तदर्थ समितिको महामन्त्री तोकिएको छ। तदर्थ समितिलाई ६ महिनाभित्र नेविसंघको १२ ‌औँ महाधिवेशन गर्न निर्देशन दिइएको थियो।

यस्तै तदर्थ कार्यसमितिमा रहेकाहरु १५ औँ महाधिवेशनमा उम्मेद्वार बन्न नपाउने भएका छन्।यता तदर्थ समिति गठन र उमेर हद ३२ वर्ष कायम हुनुपर्ने माग राख्दै नेविसंघ कुन्दन काफ्ले समूह ३ दिनदेखि आमरण अनसनमा रहेका छन्।आजदेखि ७५ वटै जिल्लाका पार्टी कार्यालयमा रिले अनसन शुरु भएको नेविसंघका नेता मनिष सिमखडाले बताए।