अभिनेत्री कंगनाको सांसद पद विवादमा

अभिनेत्री कंगनाको सांसद पद विवादमा

मुम्बई । कंगना रनौतको सांसद अहिले विवादमा छ । हिमाचल प्रदेशको मण्डी क्षेत्रबाट सँसदको चुनाव यी अभिनेत्रीले जितेकी हुन् । सांसद कंगना रनौतविरुद्ध त्यहीका एक व्यक्तिले उजुरी दिएका छन् ।

लोकसभा निर्वाचन क्षेत्रबाट चुनाव लड्न आफ्नो उम्मेदवारी पत्र कथित रूपमा गलत रूपमा प्रयोग गरिएको उजुरी ती व्यक्तिले दिएका छन् । ती व्यक्तिको उजुरी पछि अदालतले कंगना रनौतलाई सूचना पठाएर आगामी २१ अगस्टभित्र जवाफ मागेको छ ।

यसरी उजुरीकर्ता लाइकराम नेगीले कंगना रनौतको सँसद पदलाई फेरी एकपटक विवादित तुल्याएका छन् । अहिले मत गणना गर्ने अधिकारीले गलत तरिकाले कंगनालाई बिजेता बनाएको आरोप पनि उनले उजुरीमा लगाएका छन् । यो गँभिर आरोपका कारण अभिनेत्री कंगना फेरी अहिले तनावमा छिन् ।

उजुरीकर्ता नेगी वन विभागका पूर्व कर्मचारी हुन् । उनले सो निर्वाचन रद्द गर्न माग गर्दै अदालतमा मुद्धा हालेपछि न्यायाधीश ज्योत्स्ना रेवालले कंगना रनौतलाई सूचना जारी गरेका हुन् । उनले यो विषयमा २१ अगष्ट भित्र जवाफ दिन पनि अदालतलाई आदेश दिएका छन् ।

२०२४ को लोकसभा चुनावमा, अभिनेत्री कंगनाले मन्डी लोकसभा सीटबाट कांग्रेस उम्मेदवार विक्रमादित्य सिंहलाई ७४ हजार ७५५ मतले हराउँलै आफु साँसद बनेकी थिइन् ।