दोलखा भीमसेनको शिलामा फेरि आयो पसिना

दोलखा भीमसेनको शिलामा फेरि आयो पसिना

काठमाडौं । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पुनः ‘पसिना’ आएको छ । भीमसेनको मूर्तिमा बुधबार दिउँसो साढे दुई घण्टा पसिना आएको हो । 

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी युवराज खड्का अनुसार दिउँसो १२ बजेर ४५ मिनेट जाँदादेखि दिउँसो ३ बजेर १३ मिनेट जाँदासम्म शिलामा पसिना आएको हो ।

‘पसिना’ पछि अनिष्ट हुने भन्दै मन्दिरमा बाजागाजासहित पूजाआराधना गरिएको छ । यसअघि शनिबारसमेत शिलामा पसिना आएको थियो ।

भीमसेनको शिलामा ‘पसिना’ आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टसहित सबै प्रकारका बाजा बजाइन्छ । शिलामा पसिना आउनुलाई राम्रो मानिदैन ।