काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा जना १८ जनाको मृत्यु भएको छ ।
बुधबार बिहान काठमाडौँबाट पोखराको उडानमा विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरण प्रवक्ता हंशराज पाण्डेले जानकारी दिए ।
एक जना विदेशी सहित १८ जना यात्रुको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणले मृत्युको नामावाली सार्वजनिक गरेको छ ।
मृतकका आफन्तले बीमा बापत २० हजार अमेरिकी डलर पाउने प्राधिकरणले जनाएको छ । आन्तरिक हवाई दुर्घटनामा मृत्यु भएका प्रत्येक मृतकका परिवारले प्रतिमृतक २० हजार अमेरिकी डलर पाउने कानुनी व्यवस्था रहेको छ । यो भनेको नेपालीका झण्डै २८ लाख नेपाली रुपैयाँ हुन आउँछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने प्रत्येक नागरिकका परिवारले प्रतिव्यक्ति २० हजार अमेरिकी डलर पाउने व्यवस्था । यो रकम विमान कम्पनीले आफ्ना यात्रुका लागि गरेको बीमावाप भुक्तानी गर्नेछ ।
त्यसैगरी चालकदलका सदस्यहरूले बीमा बापत प्रतिव्यक्ति ४० हजार अमेरिकी डलर पाउने व्यवस्था छ । यो भनेको झण्डै ५६ लाख नेपाली रुपैयाँ हुन आउँछ ।