महिला एशिया कप: भारतले नेपाललाई दियो १७९ रनको लक्ष्य

महिला एशिया कप: भारतले नेपाललाई दियो १७९ रनको लक्ष्य

काठमाडौं। भारतले नेपाललाई १७९ रनको लक्ष्य दिएको छ। जारी महिला एशिया कप अन्तर्गत समूह ए को अन्तिम खेलमा भारतले नेपाललाई १७९ रनको लक्ष्य दिएको हो।

टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको हो।

भारतका लागि सेफाली बर्माले सर्बाधिक ८१ रन बनाएकी थिइन् भने दयालान हेमालताले ४७ रन बनाएकी थिइन्। त्यस्तै जेमीनाह रोड्रीगेजले २८ र संजीवन सजनाले १० रन बनाएकी थिइन्।

त्यसैगरी नेपाली बलर सीता राना मगरले २ र कबिता जोशीले एक विकेट लिएकी थिइन्।