शुभ मङ्गल ज्यादा सावधान : आयुष्मान् खुराना समलिङ्गी

शुभ मङ्गल ज्यादा सावधान  : आयुष्मान् खुराना समलिङ्गी

एजेन्सी : बलिउड अभिनेता आयुष्मान् खुरानाको नयाँ चलचित्र शुभ मङ्गल ज्यादा सावधान फेब्रुअरी २१ मा रिलिज हुने भएको छ । फिल्ममा खुराना एक समलिङ्गीको भूमिकामा देखीदैछन् । खुरानासंगै जितेन्द्र कुमार पनि यो फिल्ममा समलिङ्गीकै भूमिकामा देखीदैछन् ।

यो फिल्ममा आयुष्मान् र जितेन्द्रबिचको प्रेम कथालाई देखाइएको छ । पारिवारिक चलचित्र बनेको खुरानाको भनाइ छ । हालसम्म कुनै अग्रणी नायकले समलिङ्गी भूमिका नगरेका कारण उनलाई यो फिल्मबाट कस्तो प्रतिक्रिया आउने हो भन्ने चुनौती छ ।

सन् २०१२ मा बिकी डोनरबाट डेब्यु गरेका खुरानाले दम लगा के हाईसा, हवाइजादा, मेरी प्यारी बिन्दु, नौटंकीसाला, बधाई हो, बरेली की बर्फी,ड्रिम गल र हालैमा बाला जस्ता सुपरहित चलचित्रहरू दिएका छन् ।