नेकपा केन्द्रीय कमिटी बैठक आजदेखि, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक आजदेखि शुरू हुँदैछ। बिहान ११ बजे बैठक बस्न लागेको नेकपाले जनाएको छ। बैठकमा प्रधानमन्त्री ओलीले उद्घाटन मन्तव्य दिने छन्।

यस अघि हिजो बसेको नेकपा सचिवालय बैठकले बैठकका एजेण्डाहरु सार्वजनिक गरेको छ। पार्टी एकतापछि यो दोस्रो बैठक हो। केन्द्रीय कमिटी बैठकमा ४ सय ४५ जना सदस्य रहेका छन्। पार्टी कार्यालयमा सबै अट्न सम्भव नभएकाले सभागृहको हल बुक गरिएको नेकपाले जनाएको छ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले सांगठानिक प्रतिवेदन पेस गर्नेछन्। तत्कालिन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकता भएपछि दोस्रो पटक बस्न लागेको यो बैठकले विधान संशोधन प्रस्ताव अनुमोदन गर्नेछ। विधान संशोधन भएपछि वामवेद गौतम उपाध्यक्ष हुनेछन्।