अक्षय कुमारलाई कोरोना संक्रमण

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौं। बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ। अक्षयकुमारले आफूलाई कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

फिल्मको सरफेराको प्रमोशनको क्रममा अक्षयलाई कोरोना संक्रमण भएको बताइएको छ। उनलाई शुक्रबार बिहान कोभिड पोजिटिभ भेटिएको थियो।

यसअघि २०२२ मा पनि अक्षय फिल्म ‘राम सेतु’ को सुटिङका ​​क्रममा कोरोना संक्रमित भएका थिए। यस अवधिमा अक्षय बाहेक टोलीका अन्य सदस्यहरू पनि कोभिड पोजिटिभ भेटिएका थिए। त्यस अघि २०२१ मा पनि अक्षय कोभिड पोजिटिभ थिए।

अक्षयकुमारको नयाँ फिल्म ‘सरफिरा’ हिजो शुक्रबार रिलिज भएको छ । यो फिल्म दक्षिणका व्यापारी जीआर गोपीनाथको जीवनमा आधारित छ जसमा अक्षय मुख्य भूमिकामा छन्।