फेरि विवादमा अभिनेत्री ज्याक्लिन

फेरि विवादमा अभिनेत्री ज्याक्लिन

काठमाडाैं। बलिवुड अभिनेत्री ज्याक्लिन फर्नानडिस फेरी विवादमा परेकी छन्। ज्याक्लिनलाई भारतको प्रवर्तन निर्देशनालय (इडी) ले फेरि बयानका लागि बोलाएपछि उनी विवादमा परेकी हुन्।

ज्याक्लिनलाई इडीले आज मनि लाउन्ड्रिङ केसमा आज बयानका लागि बोलाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। उनलाई कथित ठग सुकेश चन्द्रसेखरसँग जोडिएको मनि लाउन्ड्रिङ केसमा इडीले बयानका लागि बोलाएको बताइएको छ।

ज्याक्लिनक पुर्वप्रेमी समेत रहेको बताइने सुरेशसँगको सम्बन्धका कारण ज्याक्लिनलाई पटक पटक इडीले बयान लिएको छ । यस अघि सुकेशबाट ज्याक्लिनले महँगो उपहार लिएको विषयमा पनि सोधपुछ भएको थियो।