विप्लवका रौतहट जिल्ला सेक्रेटरी दुई जना पक्राउ

रौतहट : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको रौतहट जिल्ला सेक्रेटरीसहित दुईजना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटले मंगलबार बिहान उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी सिर्जना शाही र जिल्ला समिति सदस्य दुर्गा बल रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए। उनीहरुलाई चन्द्रपुर नगरपालिका–३ इपिलघारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई दिउँसो सार्वजनिक गरिने समेत उनले जानकारी दिए।