काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो।
बैठकले प्रधानमन्त्रीले भोलि संसदमा मागेकाे विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए।