मेयरले थपेनन् सम्झौता, १२ कर्मचारीको जागिर गयो

मेयरले थपेनन् सम्झौता, १२ कर्मचारीको जागिर गयो

इटहरी : इटहरी उपमहानगरपालिकामा कार्यरत १२ कर्मचारीको जागिर गएको छ। मेयर द्वारिकलाल चौधरीको एकल निर्णयमा उनीहरूको करार सम्झौता नवीकरण नगरिने भएपछि कर्मचारी निकालिएका हुन्।

अधिकांश स्वास्थ्य सेवाका कर्मचारीको करार नविकरण नै नगरेकोले निकालिएका हुन्। करार नवीकरण नहुने कर्मचारीमा स्वास्थ्यका धेरै रहेका छन्। बाह्रजना मध्ये नौ जना स्वास्थ्य सेवाका कर्मचारी छन्। दुईजना कम्प्युटरसम्बन्धी र एकजना अमिनसमेत रहेका छन्। कर्मचारीको करार नवीकरणको विषयमा इटहरीका मेयर चौधरी उपमहानगरको खर्च कटौती गरेको बताउँछन्। कर्मचारी निकालेर मेयर चौधरी आज काठमाडौँ निस्किएका छन्।