कोशी ब्यारेजका ५६ ढोका खोलिए, रातो बत्ती बालियो

कोशी ब्यारेजका ५६ ढोका खोलिए, रातो बत्ती बालियो

राजविराज। सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी व्यारेजका ५६ ढोका खोलिएका छन्।

सप्तकोशी ३ लाख ८६ हजार ७ सय ३५ क्युसेक पानी बहाव भएपछि कोशी ब्यारेजमा अहिले खतराको संकेतको रातो बत्ती बालिएको छ र ५६ ढोका खोलिएका छन्।

ब्यारेजका सम्भावित खतराको आकलन तथा कोशी ब्यारेज र तटबन्धका तटीय क्षेत्रका बासीन्दालाई सचेत गराइएको छ भने नदि आसपासका गाउँबस्ती बाढीको उच्च जोखिममा परेकाले अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह समेत गरिएको छ।

कोशी ब्यारेजमा आइतबार बिहान ११ बजे तीन लाख ७५ हजार ६ ९सय ३० क्युसेक पानी मापन गरिएको छ।

सप्तकोशी जल मापन केन्द्रका अनुसार जलसतह पार गरेको छ।

यता सुनसरीको राजावासमा २३ नम्बरको स्पर कटान सुरुभए पछि तटबन्धका तटीय क्षेत्रका बासिन्दालाई सचेत गराउँदै स्परमा तार जालीमा बालुवाका बोरा र ढुङ्गा भर्ने कार्य सुरु गरिएको छ।