मेरो विरुद्ध भइरहेको विरोधलाई मैले स्वभाविक लिन्छु : सभामुख सापकोटा

मेरो विरुद्ध भइरहेको विरोधलाई मैले स्वभाविक लिन्छु : सभामुख सापकोटा

काठमाण्डौ : सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो विरुद्ध भइरहेको विरोध प्रदर्शनलाई स्वभाविक रुपमा लिएको बताएका छन्।

सपथग्रहणपछि पत्रकारहरुसँगको कुराकानीमा सभामुख सापकोटाले आफ्ना विरुद्ध सडकमा भइरहेको प्रदर्शनलाई स्वभाविक रुपमा लिएको बताए। सभामुख सापकोटाले लोकतान्त्रिक प्रकृयामा विरोध र समर्थन हुनु स्वभाविक भएको बताए । ‘यो लोकतन्त्र हो । लोकतान्त्रिक प्रकृयामा चलिरहने प्रकृयाको हो भनेर मैले यसलाई लिएको छु’, उनले भने।

सापकोटा सभामुखमा निर्वाचित भएसँगै मानवअधिकारवादीहरुले विरोध जनाइरहेका छन् । सोमबार मात्रै सभामुख सापकोटा विरुद्ध प्रदर्शनमा उत्रेका केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

सापकोटाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० पारित गर्ने विषयमा सबै सांसदहरुको धारणा समेटेर अगाडी बढ्ने बताउनुभएको छ । एमसीसीका विषयमा बाहिर बहस चलिरहे पनि आफूले अध्ययन गर्नै बाँकी रहेको र अध्ययनपछि मात्रै केही भन्न सक्ने अवस्था हुने उनले बताए ।

प्रधानमन्त्रीलाई भेट्न कुदेर गएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको विषयमा सापकोटाले यसलाई अन्यथा नलिन आग्रह गरेका छन् । सपथग्रहणपछि सबैको साझा भए पनि सभामुख बनाउने पार्टीको अध्यक्ष, दलको नेतालाई भेट्नु स्वभाविक भएको उनले बताए ।

संसदको मूल्य मान्यता अुनसार नै आफूले प्रधानमन्त्रीलाई भेटेको र सुरुमा उहाँबाट नै बधाई लिन चाहेको बताएका हुन् । उनले भने, ‘‘आज मैले सपथ ग्रहण गरे र आजबाट म सबैको साझा भए । यो भन्दा पहिले मेरा लागि प्रधानमन्त्री मात्र होइन् उन मलाई सभामुख बनाउने पार्टीको अध्यक्ष र दलको नेता पनि हो । संसदमा त्यतिबेला मैले प्रधानमन्त्रीबाट बधाई लिन सुरु गर्न खोजेको थिए । यो स्वभाविक हो । संसदीय मूल्य, मान्यता र पद्धतिको गरिमासँग मेल खान्छ ।