सानेपामा नेविसंघको नेताबीच झडप

सानेपामा नेविसंघको नेताबीच झडप

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका नेताहरूबीच झडप भएको छ। विधान कार्यान्वयन गर्नुपर्छ भन्ने र नेताहरूले गरेको भागबण्डामा सहमत रहेको पक्षबीच झडप भएको हो।

विधान कार्यान्वयनको लागि दबाब दिन लामो समयदेखि रिले अनशनको नेतृत्व गरिराखेका कुन्दनराज काफ्लेमाथि हातपात भएको हो। काफ्ले पक्षधरले नेविसंघको साधारण सदस्य बन्न ३२ वर्ष उमेर ननाघेको हुनुपर्ने विधानको व्यवस्था कार्यान्वयन हुनुपर्ने माग उठाइरहेको छ।

काफ्लेमाथि पार्टी सभापति शेरबहादुर देउवा पक्षका विद्यार्थीका नेता तथा कार्यकर्ताले हातपात गरेका हुन्। तर, नेताहरुले विधानविपरीत देउवा पक्षका ५० वर्षीय राजीव ढुङ्गानालाई नेविसंघको नेतृत्व दिन लागेपछि विद्यार्थीहरु आन्दोलनमा छन्। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पनि आजै बस्दै छ।