रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक (भिडियोसहित)

रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं। गायक रामकृष्ण ढकालको गीत ‘मायाको घर’ सार्वजनिक भएको छ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। गीतमा ढकासँगै आर्या वाणीको स्वर रहेको छ। कार्यक्रममा बोल्दै गायक रामकृष्ण ढकालले आफ्ना पुराना गीतहरु सुन्दै आएका सर्जकका लागि नयाँ किसिमको रहेको बताए। उनले गीत आफूहरुको तर्फबाट उत्कृष्ट बनाएको भन्दै दर्शकबाट पनि धेरै रुचाइने विश्वास जनाए।

उनले भने, यो गीतमा अलि नयाँ छ, मेरा पुराना गीत सुन्दै आउनुभएका र नयाँ गीत सुन्न चाहनेहरुका लागि यो गीत मन पर्छ भन्ने लाग्छ। हामीले आफ्नो हिसावले राम्रो गरेका छौं। मुख्य कुरा दर्शकशहरुको हो।’

गायक ढकालले दर्शकहरुको मायाकै कारण आज आफू रामकृष्ण ढकाल बनेको भन्दै अझै माया पाउने आशा व्यक्त गरे।