सापकोटाको शपथको विरोधमा उत्रेका १२ मानवअधिकारकर्मी पक्राउ

सापकोटाको शपथको विरोधमा उत्रेका १२ मानवअधिकारकर्मी पक्राउ

काठमाडौं : राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने १२ जना मानवअधिकारकर्मी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चरण प्रसाईं, पूर्णिमाया लामा, एमएम आचार्य, जनक राउत, एलिना गौतम, निराजन थपलिया, विपीन बुढाथोकी, शंकर राजन कुइँकेलसहित १२ जना छन् ।

निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख डीएसपी उमेश लम्सालले १२ जनालाई नियन्त्रणमा लिइएको पुष्टि गरे । सभामुखमा अग्नि सापकोटा निर्वाचित भएको विरोधमा मानवअधिकारकर्मीले प्रदर्शन गरेका थिए ।