पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

जनकपुरधाम । धनुषामा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ । जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर ५ बहुअर्वामा पोखरीमा नुहाउन गएका ३ जना बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनौजी गाउँपालिका वडा नम्बर ५ बहुअर्वाकि ११ वर्षीय मुस्कान खातुन,१० वर्षीय अजमेरी खातुन र ९ वर्षीय जिन्नत खातुन रहेको  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रंजन आवाले जानकारी दिए ।

मृत्यु भएका तीनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।