सरकारबाट समर्थन फिर्ता लिने एमाले निर्णय

सरकारबाट समर्थन फिर्ता लिने एमाले निर्णय

काठमाडौं। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मंगलबार बसेको सचिवालय बैठकले बुधबारसम्म राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई समय दिएको थियो।

तर प्रधानमन्त्री दाहालले राजीनामा नदिने बताएपछि एमालेले समर्थन फिर्ता लिएको हो।

एमालेले प्रधानमन्त्रीलाई भेटेर समर्थन फिर्ता लिएको जानकारी दिने र मन्त्रीहरुले राजीनामा दिने बताएको छ। मंगलबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहाललाई भेटेर राजीनामा दिएर राष्ट्रिय सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेका थिए।

तर प्रधानमन्त्री दाहालले पार्टीको बैठक राखेर राजीनामा नदिने बरु संसद फेस गर्ने निर्णय जानकारी गराएका थिए।