थापाथलीको पुलमुनि पुरुषको शव फेला

थापाथलीको पुलमुनि पुरुषको शव फेला

काठमाडौं । थापाथलीको पुलमुनि पुरुषको शव फेला परेको छ। बागमती नदीले बगाउँदै ल्याएको अवस्थामा पुरुषको शव फेला परेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार नदीमा बगिरहेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। पुरुषको पहिचान भइसकेको छैन। शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ। 

अधिकारीले भने, मृतकको शरीरमा चोटहरू छ। उनी को हुन् पहिचान खोजिरहेका छौं। मृत्यु के कसरी भयो भन्ने विषयमा पोस्टमार्टम रिर्पोट आएपछि मात्रै थाहा हुन्छ।’