सिउल । दक्षिण कोरियाको राजधानी सिउलमा एउटा कार भीडमा जोतिँदा कम्तीमा नौजनाको मृत्यु भएको छ । उक्त दुर्घटना स्थानीय समयानुसार २१ः३० बजे भएको थियो ।
६८ वर्षीय एक व्यक्तिले ट्राफिक स्टपमा रहेका पैदलयात्रीतर्फ कार चलाएका थिए । चार अरू व्यक्तिलाई अस्पताल लगिएको योहाप न्युज एजेन्सीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।स्थानीय मिडियाका अनुसार, उक्त कार गलत दिशामा चलाइएको थियो । कारले अरू दुई कारलाई ठक्कर दिएको थियो । कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।