प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मत लिने

प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिइ विश्वासको मत लिने तयारी गरेका छन् ।

उनले सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता नलिएका कारण राजीनामा नदिएर विश्वासको मत लिने अडान लिएका हुन् । माओवादी पदाधिकारी बैठकमा प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने बताएका हुन् ।

माओवादी सचिव तथा सांसद देवेन्द्र पौडेलले भने, ” सरकारमा सहभागी दल कसैले पनि समर्थन फिर्ता लिनुभएको छैन। त्यो कारण प्रधानमन्त्रीजीले संविधानअनुसार ३० दिनमा विश्वासको मत लिनुहुन्छ । आज पदाधिकारी बैठकमा यही विषयमा छलफल भएको छ।”

उनले सरकारमा सहभागी दलहरूले आज नै फिर्ता लिए भने के गर्नुहुन्छ भन्ने प्रश्नमा भने, ‘पहिला फिर्ता लिइसकेपछि त्यसको निर्णय हुन्छ।’