नयाँ गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय

नयाँ गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेको नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले नयाँ गठबन्धनमा सामेल नहुने जानकारी दिए । “अब बन्ने गठबन्धनमा हामी रहँदैनौँ । सरकारमा जाँदैनौँ,” उनले भने ।

अर्को सरकारको प्रक्रिया अघि बढाइएपछि आफूहरू मन्त्रिपरिषद्‌बाट बाहिरिने उनले बताए । “अहिले केही अनुमान र आधिकारिक प्रक्रिया अघि नबढेको हुँदा सरकार अर्को बन्ने प्रक्रिया अघि बढेपछि हामी स्वाभाविक रूपमा बाहिरिन्छौँ,” उनले भने ।

आफूहरूले गरिरहेको कामका कारण गठबन्धन परिवर्तन भएको उनले जिकिर गरे । पछिल्लो घटनाले राजनीतिक स्थायित्व नदिने उनको भनाइ छ ।