एमालेले बोलायो सचिवालय बैठक, यस्ता छन्  एजेण्डा

एमालेले बोलायो सचिवालय बैठक, यस्ता छन्  एजेण्डा

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। मंगलबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। 

उनका अनुसार, सोही बैठकबाट एमालेका मन्त्रीहरूले राजीनामा दिने निर्णय हुनेछ।  त्यस्तै, नयाँ सत्ता समीकरणमा कसरी अघि बढ्ने भन्नेबारेमा पनि सोही बैठकले निर्णय लिने उनले बताए।  ‘राजनीतिक र सैद्धान्तिक रुपमा कुराहरू टुंगिएकै छ,’ उनले भने, ‘सचिवालय बैठकले बाँकी निर्णय गरेर अघि बढ्छ।’ सोमबार मध्यराती विकसित राजनीतिक परिस्थितिपछि एमाले बैठक बस्न लागेको हो। 

काङ्ग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गएका छन्। एमालेकै समर्थनमा प्रचण्ड कायम छन्।  प्रचण्डले राजीनामा दिन्छन् वा ३० दिनसम्म विश्वासको मत लिनका लागि पर्खन्छन् वा राजीनामा दिन्छन् भन्ने विषय एमालेले कुरेर बसेको छ।