मधेश प्रदेश : रेडबुकमा लफडा, बिपक्षीहरुद्वारा बजेट पुनर्लेखनको माग

मधेश प्रदेश : रेडबुकमा लफडा, बिपक्षीहरुद्वारा बजेट पुनर्लेखनको माग

मधेश प्रदेश : रेडबुकमा लफडा, बिपक्षीहरुद्वारा बजेट पुनर्लेखनको माग
जनकपुरधाम। मधेश प्रदेशका विपक्षीदलहरु बजेट पुर्नलेखनको माग गर्दै मुख्यमन्त्री सतिश कुमार सिंहलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता निर्वतमान मुख्यमन्त्री सरोजकुमार यादव, लोसपा नेपालकी प्रमुख सचेतक रानी शर्मा तिवारी र राप्रपाका संसदीय दलका नेता कञ्चन विछाले सामुहिक रुपमा ध्यानाकर्षण पत्र बुझाउँदै मधेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको बजेटको पुर्नलेखन गर्न माग गरेका छन्।

बजेट सम्बन्धमा गत असार १३ गते मुख्यमन्त्रीको कार्यकक्षमा बसेको सर्वदलिय बैठकमा मुख्यमन्त्री र स्वयम् अर्थमन्त्री भरत साहले नै पिएलएमबिआईएस ह्याक्रहरुबाट सिस्टम ह्याक भई कार्यक्रम तथा बजेट रकमहरु प्रबिष्ट गरिएको भनि जानकारी आएकाले बजेट स्वीकार्य हुन नसक्ने उनीहरुको तर्क छ।

उनीहरुले सो सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समितिको गठन, बजेट पुर्नलेखन तथा प्रदेशसभामा पुनः छलफल र बजेट पुर्नलेखन हुँदा सबै संसदीय क्षेत्रमा सन्तुलित बजेट कायम गर्नुपर्ने सहित तीन सुत्रीय माग राखेका छन्।