देउवा बालकोट पुगेपछि तर्सिएका प्रचण्डले ओलीलाई बालुवाटार बोलाएर के भने ?

देउवा बालकोट पुगेपछि तर्सिएका प्रचण्डले ओलीलाई बालुवाटार बोलाएर के भने ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो । 

दुई नेताबिच सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ ।  शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो । देउवा ओलीबिचको भेटवार्ताले राजनीतिक वृत्तमा तरङ्ग फैलिएको छ ।

सो क्रममा प्रचण्डले ओलीसँग देउवाको भेट र बाहिर आएका हल्लाबारे जित्रासा राखेका थिए । ओलीले सो भेटमा अनौपचारिक छलफल मात्र भएको भन्दै टारेको  बताइएको छ ।

 ओली र देउवाबीचको भेटमा सत्ता सहकार्यसम्मको योजना बनेको बताइएको छ । बाँकी रहेको कार्यकालमा आधाआधा प्रधानमन्त्री बन्ने र सुरुमा ओलीलाई प्रधानमन्त्री बनाउन देउवा तयार रहेको बताइन्छ । यसबारे थप गृहकार्यका लागि दोस्रो तहका नेताहरुलाई जिम्मेबारी दिएको स्रोतको दाबी छ ।