हलिउड अभिनेता बिल कोब्सको निधन

हलिउड अभिनेता बिल कोब्सको निधन

काठमाडौं। हलिउड अभिनेता बिल कोब्सको ९० वर्षको उमेरमा निधन भएको छ।

डेमोलिसन म्यान, द्याट थिङ्स यु डु, एयर बड जस्ता लोकप्रिय फिल्मका अभिनेता कोब्सको क्यालिफोर्नियास्थित आफ्नै घरमा मंगलबार निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ।

पाँच दशक लामो फिल्मी करिअरमा कोब्सले करिब २०० फिल्म र टिभी शोमा काम गरेका दिए। उनी पछिल्लो पटक सन् २०२३ मा टिभी मिनी श्रृंखला ‘इन्कन्डेसेन्ट लभ’ मा देखिएका थिए।