प्रतिनिधिसभाको विषयगत समितिमा सांसदहरू हेरफेर, को कहाँ पुगे ?

प्रतिनिधिसभाको विषयगत समितिमा सांसदहरू हेरफेर, को कहाँ पुगे ?

काठमाडौं । प्रतिनिधिसभाका केही सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको घोषणा गरेका हुन् ।

संसदीय सुनुवाइ समितिमा डोलप्रसाद अर्यालको स्थानमा डा. स्वर्णिम वाग्लेको नाम हेरफेर गरिएको छ ।  त्यसैगरी अर्थ समितिमा डा. प्रकाशरण महत, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायणप्रकाश साउद, कानुन न्याय तथा मानव अधिकार समितिमा सीता गुरुङ र सुहाङ नेम्वाङलाई राखिएको सभामुखले जानकारी दिए । त्यसैगरी रमेश रिजाल र सुरेन्द्रराज आचार्यलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा राखिएको छ ।

टेकबहादुर गुरुङलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा राखिएको छ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा धनराज गुरुङ, डिगबहादुर लिम्बू र मोहनबहादुर बस्नेतलाई राखिएको छ । सभामुख घिमिरेका अनुसार अनिता देवीलाई राज्य व्यवस्था तथा सुशासन समितिमा राखिएको छ । प्रतिनिधिसभा सदस्य हरि ढकाल सार्वजनिक लेखा समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा हेरफेर गरिएको छ भने असिम साहलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट सार्वजनिक लेखा समितिमा पुर्‍याइएको छ ।