रक्सी खाएर झगडा गरेपछि उड्न लागेको जहाजबाट फर्काइए राजेशपायल राई

रक्सी खाएर झगडा गरेपछि उड्न लागेको जहाजबाट फर्काइए राजेशपायल राई

काठमाडौं । दुबई जान लागेका गायक राजेशपायल राई जहाज चढिसकेपछि फर्काइएका छन् । दुबईमा सांगीतिक कार्यक्रमका लागि हिँडेका राईमाथि अत्यधिक मदिरा खाएर एयरलाइन्सका कर्मचारीसँग झगडा गरेको आरोप छ ।

उनी त्रिभुवन विमानस्थलबाट फ्लाई दुबईको जहाजमार्फत् आज बिहानको उडानमा जान लागेका थिए ।बोर्डिङ पास लिएर विमानभित्र प्रवेश गरेका राई पहिलै रक्सीले मातेको विमानस्थल स्रोतले बतायो । उनले विमानभित्र होहल्ला गर्नुका साथै एयरलाइन्सका कर्मचारीसँग लफडा गर्न थालेपछि प्रहरीको जिम्मा लगाइएको स्रोतको भनाइ छ ।

जहाज उनलाई नलिई अरु यात्रु लिएर उडिसकेको छ । राईलाई प्रहरीले ट्याक्सीमा हालेर घर पठाइदिएको छ ।