बिहे गर्नासाथ सोनाक्षीलाई धम्की, बिहारमा ‘प्रवेश निषेध’

बिहे गर्नासाथ सोनाक्षीलाई धम्की, बिहारमा ‘प्रवेश निषेध’

काठमाडौँ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले बिहे लगत्तै धम्की झेल्नु परेको छ । उनलाई पैतृक राज्य बिहारमा ‘प्रवेश निषेध’को धम्की दिइएको हो ।

सोनाक्षीले अभिनेता जहीर इकबालसँग विवाह गरेकी हुन् । हिन्दु भएर मुस्लिमसँग बिहे गरेको भन्दै बिहारको हिन्दु शिव भवानी सेनाले सोनाक्षीलाई धम्की दिएको हो ।

बिहारको राजधानी पटनाको मुख्य चोकमा ठुलो पोस्टर लगाउँदै हिन्दु शिव भवानी सेनाले सोनाक्षी र उनको परिवारका लागि चेतावनी दिएको हो ।

पोस्टरमा सोनाक्षीका पिता शत्रुघ्न सिन्हा र पति जहीर इकबालको समेत फोटो छ । पोस्टरमा लेखिएको छ, ‘सोनाक्षी सिन्हा र जहीर इकबालको बिहे लभ जिहादलाई बढावा । पूरा देशलाई इस्लामीकरण गर्ने कोशिश ।’

पोस्टरमा सोनाक्षीका पितालाई उक्त विवाहबारे पुनर्विचार नगर्ने हो भने आफ्नो घरको नाम (रामायण) तुरुन्त परिवर्तन गर्न पनि चेतावनी दिइएको छ ।

पोस्टरमा भनिएको छ, ‘सोनाक्षी सिन्हालाई हिन्दु शिवभवानी सेनाले बिहारमा प्रवेश गर्न दिँदैन ।’